तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचाररत तिनै जनामा कोरोना संक्रमण नभएको पुष्टी

सिन्धुपाल्चोक । कोरोना आशंकामा बाह्रविसे प्राथामिक स्वास्थ्य केन्द्रमा उपचाररत भोटेकोशी गाउँपालिका ४ का तिनै जनामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ ।

इराकबाट फर्केका सहित तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा कोरोना भाइरसको आशंकामा आइसोलेसन वार्डमा राखिएको थियो । उनीहरुको स्वास्थ्य परीक्षण पछि कोरोना संक्रमण नभएको पुष्टी भएको हो ।

कोरोना भाइरस संक्रमणको आशंकामा जिल्लाको भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका आमा छोरी सहित अर्का एक छिमेकीलाई बाह्रबिसे स्थित प्राथामिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको थियो । आमा निमास्याड्बो र छोरी याड्जीसहित उनीहरुका छिमेकी छिरिडदोर्जे लामा आइसोलेसनमा रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button