तपाईँ सुन्दै हुनुहुन्छः

विश्वका अधिकांश वायुसेवा कम्पनीहरुद्वारा उडान स्थगित

काठमाडौं । कोरोना भाइरको प्रभाव बढेसँगै विश्वभरका अधिकांश वायुसेवा कम्पनीहरुले आफ्नो उडान स्थगित गरेका छन् ।

भाइरसको संक्रमण बढ्दै जाँदा अघिकांश देशहरुमा लकडाउन गरिएको छ । विश्वभरका अधिकांश मानिसहरु यति बेला घर भित्रै रहेका छन् ।

अधिकांश देशले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइरहदा विश्कै ठूला वायु सेवा कम्पनीले आफ्ना नियमित उडानहरु कटौति गर्नु परेको छ । यसबाट उनीहरुले अप्रत्यसित घाटा बेहोर्नु परेको छ ।

विश्वकै सबैभन्दा ठूलो वायु सेवा कम्पनी अमेरिकन एयरलाइन्सले १२ विलियन अमेरिकी डलर राहात दिन सरकारसँग माग गरेको छ । उता, वेलायती एयसवेजले वेलायतबाट हुने उडान सबै स्थगित गरेको जनाएको छ ।

एयरपोर्ट काउन्सिल इन्टरनेसनल नामक अन्तराष्ट्रिय संस्थाले कोरोना भाइरसको आसरले विषेशगरी एसिया क्षेत्रमा उडान क्षेत्रको प्रभावले रेकर्ड कायम गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button