तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका ४ जनाकै रिपाेट नेगेटिभ

जुम्ला -कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परिक्षणका लागि ‘स्वाव’ नेगेटिभ देखिएकाे छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र कालिकोट बाट पठाएका ४ ओटा कोरोना शंकास्पद बिरामीको रिपोर्ट कोरोना नेगेटिभ देखिएकाे हाे । चैत १७ गते परिक्षणका ४ वटा स्वाब जुम्लाबाट पठाईएकाे थियाे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाको ‘स्वाव’ नमुना परिक्षणका लागि पठाइएकोमा रिपाेट अनुसार काेराेना संक्रमण नभएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनु भयाे ।

काेराेना परिक्षण सेन्टर जुम्ला नहुदा समस्या

कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ । जसमा जुम्ला पहिलाेमै छ । तर काेराेना परिक्षण सेन्टर जुम्ला नहुदा समस्या भएकाे डाक्टर रावलले बताउनु भयाे । उहाँका अनुसार जुम्लामै कोरोनाको नमुना परिक्षण केन्द्र बनाउन पहल भईरहेकाे छ ।

‘जुम्लामा भारतबाट आएकाहरुको संख्या अधिक छ । निकै कम मान्छे मात्र क्वारेन्टाइनमा बसेका छन् । धेरै जनाको कोरोना परिक्षण गर्नुपर्ने देखिन्छ । अहिले हामीसँग स्वाव संकलन गर्ने भिटिएम १० पिस मात्रै छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button