तपाईँ सुन्दै हुनुहुन्छः

विरामीको उपचार नगर्ने नीजि अस्पताल तथा नर्सिङ्ग होममाथि कारवाही गर्न लिखित पत्राचार

जनकपुरधाम । प्रदेश नंं २ मा रहेको निजी अस्पताल तथा निसिङ्ग होमले कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमानेको खण्डमा लाइसेन्स खारेज गरिने भएको छ ।

कोरोना संक्रमणको बेला बिरामीको स्वास्थ्यसंँग निजी अस्पताल तथा नर्सिंङग्होमले भर्ना नगरेर वा उपचार नगरेर स्वास्थ्य खेलवाड गर्न थालेपछि प्रदेश २ सरकारले यस्तो निर्णय गरेको हो ।

संकास्पद बिरामीको उपचार नगर्ने तथा बिरामीलाई फर्काउने अस्पताल तथा नर्सिङ्ग होमको लाइसेन्स खारेजीसम्मको कार्वाही गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज पत्र पठाउँदै यस्तो निर्देशन दिएको छ ।

प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णहरी पुस्करले प्रदेशको आठ वटै जिल्लाका प्रशासन कार्यालयलाई आज पत्राचार गरी कोरोना महामारी र लकडाउनको अवधिभर अर्को व्यवस्था नहुन्जेल उपचार गर्न नमान्ने निजी अस्पताल तथा निसिङ्ग होमलाई नियन्त्रणमा लिइ स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न र गराउन निर्देशन दिईएको छ ।

लकडाउनको अवधिमा कतिपय अस्पतालले संकास्पद बिरामीको उपचार नगर्दा काठमाडौं लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो निर्णयमा पुगेको जनाएको छ ।

मन्त्रालयले आठवटै प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा कोभिड–१९ ले मुलुक तथा प्रदेश अक्रान्त भएको बेलामा उपचार गर्न नचाहनु निक्कै चिन्ताको विषय रहेको बताउदै कडा रुपमा प्रस्तुत हुनका लागि निर्देशन समेत दिइएको छ ।

विरामीहरुसँग समान्य मानवोचित व्यवहार नगरी न्युनतम व्यवसायिक धर्म समेत निर्वाह नगरेको देखिएको हुनाले त्यस्ता अस्पताल तथा निसिङ्ग होमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कार्वाही प्रक्रिया अगाडी बढाउन प्रदेश २ सरकारले निर्देशन जारी गरेको छ ।

काम कारर्वाही प्रक्रिया आगाडी बढाउन जिल्ला प्रशासनलाई माथिल्लो निकायको कार्यक्षेत्र/विशेषको हकमा माथिल्लो निकायका पदाधिकारी समक्ष तत्काल सिफारिस गरी पठाउन निर्देशनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button