तपाईँ सुन्दै हुनुहुन्छः

यशोधरामा ‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियान

कपिलबस्तु । कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन कपिलबस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ ले ‘डिस–इन्फेक्टन्ट’ छर्किएर सचेतना अभियानलाई अगाडि बढाएको छ ।

गाउँको सबै स्थानलाई संक्रमणबाट जोगाउन र जनसाधारणमा सचेतना समेत फैलियोस् भनेर यशोधरा गाउँपालिकाको वडा नम्बर ३ ले ‘डिस–इन्फेक्टन्ट’ छर्किन थालेको वडा सदस्य निरन्जन यादव र ज्ञानमती कोरीले बताउनुभयो ।

वडाको बसन्तपुर पश्चिम, बहडिलवा गाउँबाट किटनाशक औषधी ‘डिस–इन्फेक्टन्ट’ छर्ने अभियान सुरु गरिएकोे र वडाका अन्य गाउँहरु हरदिहवा, बसन्तपुर पूर्व डीह र लोहरौली गाउँमासमेत वडाका सबै क्षेत्रमा किटनाशक औषधी ‘डिस–इन्फेक्टन्ट’ छरिएकोे वडा नम्बर ३ का वडा अध्यक्ष सरिता त्रिपाठीले बताउनुभयो ।

वडाको यस कामबाट समस्त वडाबासी लाभान्वित भएको र यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय नन्द कुमार गिरी, उरमान अहमद, बंशीधर मुराउ, रामदीन मुराउ, बब्लु बरई, कुदुश तेली, रामउजागीर यादव लगायतको भनाई छ ।

लकडाउनको बेलामा पनि औषधि छर्केन काममा सहयोग पुर्याउने वडाका बासिन्दा र विषम् परिस्थितीमा पनि औषधी उपलब्ध गराउने ब्यापारिक बर्गमा वडा अध्यक्ष सरिता त्रिपाठीले आभार प्रकट गर्नुभएको छ ।

विपद्का बेलामा गर्ने चाहना धेरै हुने भएपनि बजारमा बस्तुको अभाव र सबैलाई समेट्ने खालका कार्यक्रम गर्न अप्ठेरो हुने गरेको अनुभव सुनाउंदै

वडा अध्यक्ष त्रिपाठीले आगामी दिनमा यस्ता कार्यक्रमलाई नियमित कार्यक्रममै राखेर वडाले गरिब लक्षित कार्यक्रमका साथै सरसफाई र सचेतनालाई निरन्तरता दिने बताउनुभयो ।

यस कामबाट जनतामा सचेतना फैलिने बिश्वास लिईएको वडा सचिव जगत नारायण दुबेले बताउनुभयो ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन गाउँबासीसँग वडा अध्यक्ष त्रिपाठीले आग्रह समेत गर्नुभएको छ ।

लकडाउनको बेलामा परेको असरलाई मध्यनजर गरी गरीब घरपरिवार पहिचान गरेर प्रत्येक वडामा आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button