तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय वाणिज्य बैंकद्वारा एक करोड ५० लाख सहयोग

नेपाल सरकारको स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एक करोड ५० लाख रुपैंया आर्थिक सहयोग गरेको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको बैकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे जनाएको छ ।

त्यसैगरी, बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैकले सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु देहाय बमोजि खोलिएका छन् ।

यी खाताहरुमा कनेक्ट आइपीएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने उल्लेख गरेको छ ।

बैंकले १ नम्बर प्रदेश सरकारद्धारा सञ्चालन भएको प्रं–१ कोरोना जन सुरक्षा कोषको खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय विराटनगर , २ नम्बर प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुरमा, बागमती प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडामा, गण्डकी प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक, पोखरामा र ५ नम्बर प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवलमा रहको समेत उल्लेख गरेको छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैकले कर्णाली प्रदेश सरकारद्धारा सञ्चालन भएको प्रदेश विपत व्यवस्थापन कोषको खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेतमा र सुदूर पश्चिम प्रदेश सरकारद्धारा सञ्चालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढीमा रहेको समेत उल्लेख गरेको छ ।

बैकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताको विवरण सम्बन्धी जानकारी पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button