तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा कोरोना भाइरस (कोभिड–१९) नमुना परिक्षणको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा आजदेखि कोरोना भाइरस(कोभिड–१९)नमुना परिक्षणको तयारी गरिएको छ । कोरोना भाइरसको नमुना परिक्षण गर्ने मेसिन जडान गर्ने कार्य सम्पन्न भएपछि उक्त तयारी गरिएको हो ।

प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना भाइरसको नमुना परिक्षणका लागि आवश्यक सम्पूर्ण तयारी भएको बताउनुभयो । उहाँले केही प्राविधिक बिषयको काम पुरा भएसँगै नमुना परिक्षण शुरु गरिने जानकारी दिनुभयो ।

धनगढीबाटै नुमना परिक्षण हुने भएपछि अवनमुना संकलन काठमाडाँै पठाउने बाध्यता हटेर जाने र नमुना परिक्षको रिर्पोट एक घण्टा बढीको समय आउने चिकित्सकहरुको भनाई छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा थप १६ जनाको नुमना संकलन गरिएको छ । सबैको नुमना परिक्षणका लागि काठमाडाँै पठाइएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

यस अघि नमुना परिक्षण गरिएमध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको र अन्य ३९ जनाको स्वास्थ्य रिर्पोट नेगेटिभ आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button