तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीउप–महानगरपालिकाद्वारा दैनिक ज्यालादारी गर्ने समुदायलाई खाद्यन्न वितरण शुरु

धनगढी । कैलालीको धनगढी उप–महानगरपालिकाले आजदेखि दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने समुदायलाई खाद्यन्न बितरण शुरु गरेको छ ।

लकडाउनकबीच खान लगाउन समस्या भएका उनीहरुलाई घर–टोलमा पुगेर धनगढी उप–महानगरपालिकाले खाद्यन्न बितरण शुरु गरेको हो ।

दैनिक ज्यालादारी गर्ने तथा विपन्न समुदायलाई उपभोग्य सामाग्री उपलब्ध गराउने सरकारी नीति अनुरुप नगर क्षेत्र भित्र खाद्यन्न बितरण गरिएको धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

पहिलो दिन आज उमहानगरपालिका–८ कादुइ सय र वडा नं. ५ का डेढ सय घर परिवारलाई खाद्यन्न बितरण गरिएको नगर प्रमुख वडले बताउनुभयो । उहाले नगर क्षेत्रका सबै दैनिक ज्यालादारी गर्ने तथा विपन्न समुदायलाई खाद्यन्न बितरण गरिने बताउनुभयो ।

प्रत्येक परिवारलाई १० किलो चामल, एक पोकाखानेतेल, दुई किलो दाल, एक प्याकेट नुनर तरकारी बितरण गरिएको छ । वडास्तरमा गठित सर्वदलिय/सर्वपक्षिय समितिको सिफारिश र उप–महानगरपालिका तथा दाताहरुको सहयोगगमा  उक्त खाद्यन्न उपलब्ध गराइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button