तपाईँ सुन्दै हुनुहुन्छः

एक सय ८१ नेपाली चार दिनदेखि दशगजामा अलपत्र

नेपालगन्ज ।  भारतबाट आएर बाँकेको दशगजा क्षेत्रमा बसेका एक सय ८१ जना नेपाली चार दिनदेखि अलपत्र छन् ।

हिजो (बुधबार) बाँके र भारत बहराइचका सुरक्षा अधिकारी बीच नेपाल र भारतका क्वारेन्टाइनमा उनीहरुलाई राख्ने सहमति भएपनि भारतीय क्वारेन्टाइनमा उनीहरु जान नमानेर दशगजामै बसेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले बताउनुभयो ।

नेपालकै क्वारेन्टाइनमा बसाउनुपर्ने उनीहरुको भनाई छ । नेपालगन्ज उपमहानगरपालिकाको ब्यवस्थापनमा उनीहरुलाई खाना भने खुवाइएको छ ।

ती मध्येनौ जना महिला र बालबालिकालाई भने दुई दिन अघि नै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button