तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी दिवसका अवसरमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीहरु जनताकै घरदैलोमा पुगेर सेवा दिने संस्था भएकाले देश संकटमा परेको बेला सहकारीले आफ्ना सदस्यमार्फत कोरोना रोकथाम तथा नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

६३औं राष्ट्रिय सहकारी दिवसका अवसर पारेर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रको आज शुुभारम्भ गर्नुहुँदै मन्त्री अर्यालले महामारी नियन्त्रण गर्नका लागि सहकारी संस्थाहरुले स्थानीय स्तरमा निकै ठूलो भूमिका खेल्न सक्नुपर्ने बताउनुभयो ।

मन्त्री अर्यालले विश्व नै संकटमा परेको बेला नेपालमा लगाइएको लकडाउनका कारण जोखिम कम गर्न सजिलो भएको भन्दै लकडाउनको पालना गर्न सबैमा आग्रह गर्नुभयो ।

त्यस अवसरमा भेन्टिलेटर, पिपिई लगायतको सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button