तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश न १ मा दुई सय १५ स्थानमा तीन हजार चार सय ५४ वेडका क्वारेन्टाइन निर्माण

फाइल तस्बिर

बिराटनगर । प्रदेश न १ मा आजसम्म दुई सय १५ स्थानमा कुुल तीन हजार चार सय ५४ वेडका क्वारेन्टाइन निर्माण भएका छन ।

नेपाली सेना नेपाल प्रहरी प्रदेश र स्थानीय सरकारले क्वारेन्टाइन निर्माण गरेका हुुन ।

त्यसैगरी एक सय ४३ अस्पतालमा तीन सय ८५ आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको प्रदेश न १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश न १ मा तीन सय ६१ वटा फिवर क्लिनिक सञ्चालन भइरहेको सो अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button