तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको मौका छोपी कालोबजारीमा संलग्न दुई जना पक्राउ

जनकपुरधाम । लकडाउनको मौका छोपी कालोबजारीमा संलग्न गरेका दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नपुरधामको माछा बजारमा निक्कै महगोमा माछा बेचिरहेका भारत विहार जिल्ला मधुवन्नी बस्ने बर्ष ३१ को संजिव सहनी र महगोमा आलु प्याज बेच्ने कार्यमा संलग्न रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नंं १६ कपिलेश्वर वर्ष ३२ को सरोज कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहनीले माछा प्रति किलो पाँचस तथा साहले आलु ५५ र प्याज ६० मा बिक्री गरिरहेको आरोपमा पक्राउ गरेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button