तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा आजदेखि कोभिड–१९ को परीक्षण शुरु हुने

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कोरोनाका परीक्षणका लागि नेपाल सरकारले प्रदान गरेको रियल पिसिआर मेसिनको जडान गर्ने काम भइरहेको छ ।

प्रादेशिक अस्पतालको नव निर्मित बहिरंग भवनको तेश्रो तल्लामा ल्याव रहने गरि जडान गर्ने काम भइरहेको र आज साझसम्ममा जडान भएर आजै बेलुकादेखि नै कोरोना भाइरस ९कोभिड–१९०को परीक्षण हुने कोभिड १९ का फोकल पर्सन डा। कूलदीप पण्डितले जानकारी दिनुभयो ।

उहाँले अस्पतालको कोभिड–१९ वार्डमा भर्ना भएका ११ जनाको आज स्वाव संकलन गरेर अबेर साझसम्म भएपनि प्रादेशिक अस्पतालको प्रयोगशालामा नै परीक्षण गर्ने पक्षमा आफूहरु रहेको जानकारी दिनु्भयो ।

हिजो९बुधबार०देखि नै कोभिड–१९ को ल्याव जडान गर्ने ठाउँको सरसफाई, विद्युतीकरण, एसी जडानसहितको अन्य व्यवस्थापनको काम भइहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। नागेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।

यस अघि १७ जनाको स्वाव परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडाँैमा पठाउदा दुई जनाको निगेटिभ रिपोर्ट आएको र अन्य १५ वटाको रिपोर्ट आउन बाँकी रहेको कोभिड–१९ का फोकल पर्सन डा। पण्डितले बताउनुभयो ।

एक दिनमा कम्तिमा पनि १० देखि १५ जनाको परीक्षण गर्ने पक्षमा प्रयोगशाला रहेका छ । प्रदेश नंं २ का आसपासका जिल्लाहरुको स्वावको परीक्षण अब जनकपुरधाममा नै हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button