तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकाद्वारा राहत व्यवस्थापनका लागि २५ लाख बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनले गर्दा ज्यालादारी र विपन्न वर्गलाई परेको असरलाई कम गर्ने उद्देश्यले राहत लगायतका सामग्रीहरुको व्यवस्थापनका लागि नगरपालिकाले २५ लाख बजेट विनियोजन गर्ने निर्णय भएको छ ।

नगरक्षेत्र भित्र कुनै पनि प्रकारको राहत सामाग्री वितरण गर्न चाहाने व्यक्ति तथा संघ संस्थाहरुले नगरपालिका संग समन्वय गरेर मात्र राहत सामाग्री वितरण गर्ने व्यवस्था गरिएको छ ।

ज्यालादारी र अति विपन्नको तथ्याङ्क संकलन र राहत वितरण
नगरपालिकाको सोमबारको बैठकले ज्यालादारी र अति विपन्नको तथ्याङ्क संकलन गरि राहत वितरण गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरसका कारण नेपाल सरकारले गरेको लकडाउनबाट प्रभावित ज्येष्ठ नागरीक आश्रम, क्वारेनटाईनमा बसेका व्यक्तिहरु, सडक बालबालिका तथा दैनिक ज्यालामा काम गर्ने मजदुर र अति विपन्न वर्गका घर परिवारहरुलाई राहत वितरण गर्न वडाहरुबाट तथ्याङ्क संकलन र सो को पहिचान एवं एकिन गरी वडा कार्यालयहरुको सिफारिसको आधारमा राहत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको हो ।

चैत महिनाको सटरभाडा छुट
त्यस्तै व्यास नगरपालिकाको पसल कबल भाडामा लिई व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको चैत्र महिनाको सम्पुर्ण भाडा छुट गरिदिने निर्णय गरेको छ ।

अन्य संघ संस्था तथा व्यक्तिहरुको घरभाडामा लिई बसेका व्यक्ति तथा संघ संस्थाहरुको घर भाडा सम्बन्धित व्यक्ति तथा संघ संस्थाले छुट दिएमा सो अवधिको यस नगरपालिकालाई तिर्नुपर्ने घरवाहाल कर छुट गरिदिने नगरपालिकाले निर्णय गरेको छ ।

सबै वडामा पाँच वेडको क्वारेन्टाइन
नगरपालिका अन्तरगतका सबै वडाहरुमा न्युनतम पाँच वेडको क्वारेनटाईन निर्माण गर्न आवश्यक प्रबन्ध मिलाउने र विदेशबाट आएका र उनिहरुको संसर्गमा रहेका व्यक्तिहरुको निगरानि गरी क्वारेन्टाइनमा राख्ने निर्णय नगरपालिकाले गरेको छ ।

त्यस्तै उनीहरुको उपचारको व्यवस्था समेत मिलाउने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button