तपाईँ सुन्दै हुनुहुन्छः

दार्मा गाउँपालिकामा ८६ लाख राहत कोष स्थापना

सल्यान । जिल्लाको दार्मा गाउँपालिकाले ८६ लाखको कोरोना राहत कोष स्थापना गरेको छ । विश्वभर फैलिएको कोभिङ–१९ को जोखिम न्युनिकरण गर्न गाउँपालिकाले राहत कोष स्थापना गरेको हो ।

गाउँपालिकाले ८० लाख बजेट विनियोजन गरेको छ भने बाँकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्यहरुले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार पाँच सय जम्मा गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताउनुभयो ।

यस्तै गाउँपालिका भित्र निजामति कर्मचारीहरुले पाँच दिन बराबरको रकम राहत कोषमा जम्मा गर्ने उहाँले बताउनुभयो ।

विश्वभर महामारीका रुपमा फैलिएको संक्रमणलाई रोक्न सहयोग गर्न सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई गाउँपालिकाले अनुरोध समेत गरेको छ । सहयोग गर्न चाहने संघसंस्था वा व्यक्तिले गाउँपालिकाको खाता न ग५–७३०१०१७५०००१० मा जम्मा गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button