तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जीप दुर्घटना, चालक सहचालक हाम फालेर बाँचे

सल्यान । सल्यानमा जीप दुर्घटना भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ लेख संग्रही नजिकै जीप दुर्घटना भएको हो ।

बिहिबार दिउसो नगरपालिका ७ गैरीकटेरीमा खाद्यन्न छाडेर सल्लीबजार फर्किदै गरेको लु १ त ७७३३ न बोलेरो जीप दुर्घटनामा परेको छ ।

जीपका चालक र सहचालक भने हामफालेर बाँचेको प्रहरीले बताएको छ । जीप सडकबाट झन्डै दुई सय मिटर तल खसेको छ । ओरालोमा ब्रेक फेल नभएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button