तपाईँ सुन्दै हुनुहुन्छः

मेगा बैंकले राहत कोषमा एक करोड ३५ लाख दिने

काठमाडौँ  । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।

बैंकले केन्द्रको कोषमा रु एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा रु पाँच/पाँच लाख गरी जम्मा रु एक करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका एक हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button