तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटको आरुबोटे भिरबाट पशुपन्क्षी बोक्ने गाडी खस्यो

नुवाकोट । नुवाकोट जिल्लाको बेलकटगडी ११ मा पशुपन्क्षी बोकेर आउँदै गरेको गाडी सडकबाट  खसेको छ ।

बेलकटगडी स्थित आरुबोटे भिरबाट केही खसी लोड गरेर आएको गाडी खसेको हो । गाडी सडकबाट ५ सय मिटर तल पुगेको स्थानीयहरुले बताएका छन् ।

गाडीमा चालक, सहचालक र अन्य को को थिए थाहाँ भइनसकेको रेडियो नेपालका संवाददाता सुमन बस्नेतले जानकारी दिनुभयो ।   घटनाको विषयमा थप विवरण आउँन बाँकि छ ।

यसैभिरबाट दुई बर्ष अघि पनि यात्रुबाहक बस खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button