तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक सर्यो, चैत्त ३० गते बस्ने

काठमाडौँ । चैत्त २३ गते आईतबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारित गरिएको प्रतिनिधिसभाको बैठक कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा रहेकोले फेरि सरेको छ ।

संघीय संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले आज एक सूचना जारी गर्नुभई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक चैत्त ३० गते दिउँसो १ः०० बजे बस्ने गरी तोक्नुभएको जनाउनुभएको छ ।

सूचनामा कोभिड–१९को सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेको कारण चैत्त २३ गते बोलाइएको प्रतिनिधिसभा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले अर्को बैठक चैत्त ३० गते दिउँसो १ बजे बस्ने गरी तोक्नुभएको उल्लेख गरिएको छ ।

यसअघि सरकारले चैत्त ११ गतेदेखि मुलुकभर लकडाउनको घोषणा गरेपछि चैत्त १२ गते सूचना जारी गरी प्रतिनिधिसभाको बैठक चैत्त २३ गतेका लागि तोकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button