तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा सर्तकतामा चरम लापरवाही भएपछि लकडाउनभरी दमौलीको तरकारी पसल बन्द गर्ने निर्णय

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ को समिति र टोल विकास संस्थाहरुको सयुक्त बैठकले दमौलीस्थित व्यास–३मा रहेको तरकारी पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले तरकारी पसलहरु लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको हो ।

व्यास–३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा वडा भित्रका टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

लकडाउनको सुरुवातदेखि नै सुरक्षा सर्तकता र सामाजिक दुरी कायम गर्ने विषयमा चरम लापरवाही भएको हुँदा लकडाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय गरिएको व्यास–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिनुभयो ।

तरकारी पसल बन्द गर्ने निर्णयसँगै जिल्ला भित्रका उत्पादन ट्रकमा राखेर टोल–टोलमा पुर्याउने निर्णय समेत बैठले गरेको छ ।

त्यस्तै बैठकले व्यास नं ३ शवदाह घाटमा मलामी जाँदा कम संख्या जान र सामाजिक दुरी कायम गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले वडा नं ३ भित्र हालसालै बिदेशबाट आई घरमा नै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य उपाचारदेखि रेखदेखका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

त्यसैगरी बैठकले वडा भित्र दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिहको नामवली संकलन गरी टोल विकास संस्थाहरुसँग समन्वय गरी राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।

व्यास नगरपालिकाले निर्णय गर्न नसकेको अवस्थामा वडा आफैले यस्तो निर्णय गरेर काम गर्ने भएको हो ।

नगरपालिकाले नेतृत्व लिएर नगरभित्रका सम्पुर्ण टोल–टोलमा तरकारी र खाद्यान्न पुर्याउने व्यवस्था गर्नुपर्ने नगरबासी बताउँछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button