तपाईँ सुन्दै हुनुहुन्छः

अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कन बिजुक्छेको आग्रह

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अत्यावश्यक सेवा लिनुपर्नेमा बाहेक घरबाट ननिस्कन सर्वसाधारणमा आग्रह गर्नुभएको छ ।

आज एक सन्देश जारी गर्दै अध्यक्ष बिजुक्छेले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित हुने उपाय भनेकै आ–आफ्नो घरभित्र बसेर आफू, आफ्नो परिवार र समाजलाई यो भाइरसको सङ्क्रमण हुनबाट सुरक्षित राख्नु हामी सबैको कर्तव्य हो भन्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण ४७ हजार २५६ भन्दा बढी मानिसको मृत्यु भएको खबर छ र सङ्क्रमित र मृत्यु हुनेहरूमा धेरै उमेर भएका ज्येष्ठ नागरिकहरू बढी छन् । विज्ञहरूका अनुसार यो भाइरस मानिस एकापसमा नजिक बस्दा र मानिसको सिंगान, खकार र थुक आदिको छिट्टा पर्दा एक अर्कोमा सर्ने रोग हो ।

विभिन्न देशमा मन्दिर, चर्च, मस्जिद, खेलकुद, जीम, मर्निङ्गवाक आदिमा गएकाहरूलाई पनि यो भाइरस सरेको देखिन्छ त्यसैले सचेतना अपनाउनु जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button