तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा २९ जना क्वारेनटाइनमा

मेलम्ची । सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण पश्चात २९ जनालाई क्वेरन्टाइनमा राखिएको छ ।

सुनकोसी गाउँपालिका पाग्रेटारस्थित ग्रामिण महिला सिर्जनशिल परिवारको उपलब्ध गराएको क्वारेन्टाइनमा गए राति हेटौडाबाट तीनवटा बोलेरोमा आएका २४ जनालाई राखिएको छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङका अनुसार उनीहरु छिमेकी देश भारतबाट आएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको हो ।

भारतबाट आएको पुष्टि भएमा उनीहरुलाइ १४ दिन क्वारेन्टाइनमा राख्ने तामाङले जानकारी दिनुभयो ।

त्यस्तैगरी चौतारा साँगाचोकगढी नपा ७ मेलचौरस्थित क्वारेन्टाइनमा आज भारतको बैंगलोरबाट आएका पाँच जनालाई स्वास्थ्य परिक्षण पश्चात् राखिएको छ ।

नगरपालिकाका अनुसार पाँचै जना ८ नं वडा इर्खु, चिलाउनेका हुन् । नगपालिकाले जनाए अनुसार इर्खुका जीबन तामाङ (बर्ष ३०. बिनोद नेपाली (बर्ष १९), आर्यन तामाङ (बर्ष १९), जीवन तामाङ (बर्ष १९), निरोज तामाङ (बर्ष २३)का रहेका छन् ।

यसैगरी नग।पालिकाले बिदेशबाट आफ्नो घर आइपुग्नुभएका सबैले इमानदारीपूर्वक नगरपालिकाको सम्पर्कमा आइ बिदेशबाट नेपाल छिरेको १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुहुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button