तपाईँ सुन्दै हुनुहुन्छः

मेल्लेख गाउँपालिकाले तीन सय ४० क्वीन्टल खाद्यान्न वितरण गर्दै


अछाम । अछामको मेल्लेख गाउपालिकाले गाउपालिकामा तीन सय ४० क्वीन्टल चामल वितरण गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण देशमा लकडाउनु सुरु हुनु अगावै पनि गाउपालिकाले दुई सय ५८ क्विन्टल चामल वितरण गरेको र हाललाई वितरण गर्नुपर्ने तीन सय ४० क्वीन्टल चामल वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो ।

खाद्यान्न धनगढीबाट ल्याइने र केही खाद्यान्न पुगिसकेको र केही पुग्ने क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।

अब एक दिनभित्रै सबै खाद्यान्न पुगिसक्ने र त्यसपछि गाउँ कार्यपालिकाको निर्णय अनुसार चामल, दाल, तेल र नून एकसाथ जनतालाई वितरण गरिने गाउपालिका अध्यक्ष बोहराको भनाइ छ ।

जनतालाई नआत्तिन आग्रह गर्दै आफ्नो गाउपालिकाले एकल महिला, जेष्ठ नागरिक, असहाय, अपाङ्ग र टुहुुरा घरपरिवारका व्यक्तिलाई निःशुल्क खाद्यान्नका सामाग्री वितरण गर्ने उहाँले बताउनुभयो ।

उनीहरुलाई खाद्यान्न वितरणका लागि यसअघि कार्यपालिकामा निर्णय समेत भईसकेकाले अबको दुुई दिनभित्र सबै वडा अध्यक्ष, राजनीतिक दल, शिक्षक, समाजसेवीले सहयोग गरी वास्तविक व्यक्तिको नामावली छनोट गरि गाउँपालिकामा पठाउन समेत उहाँले आग्रह गर्नुु भएको छ ।

उहाँले अहिलेको समस्या कुनै ठाउँ विशेष भन्दापनि विश्वव्यापी भएकोले सबैले लकडाउनुको पुर्णरुपमा पालना गरी सबैलाई घरमै सुरक्षित बस्न, स्वस्थ व्यवहार अपनाउन तथा कोही समस्यामा परेमा खबर गर्न आग्रह गर्नुभयो ।

आफ्नो गाउँपालिकामा पछिल्लो समय करिब छ सय जना भारत तथा बाहिरबाट आएको तथ्यांक रहेकाले कोही कसैलाई कोरोना भाइरसको लक्षण देखिए वा संक्रमण भए सबै खर्च समेत गाउपालिकाले बेहोर्ने अध्यक्ष बोहराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button