तपाईँ सुन्दै हुनुहुन्छः

‘६ जना बाहेक अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको छैन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ६ जना बाहेक अन्य व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि नभएको स्पष्ट पारेको छ ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनसंख्या प्रयोगशालामा हालसम्म १२ सय ७७ जनाको नमुना परीक्षण गरीएकोमा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कसैलाई कोरोना संक्रमण नभएको स्पष्ट पार्नुभयो ।

उहाँले काठमाडौं उपत्यकामा १५ जना र उपत्यकाबाहिर १ सय ५ जना गरी १ सय २० जनालाई आईसोलेसमा राखेर उपचार भइरहेको जानकारी दिनुभयो ।

भक्तपुर क्वारेन्टाइनमा रहेका ९६ जना र कैलालीमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमुना संकलन भएर नतिजा आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै पोखरामा १९, धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ भने बुटवलमा मेशिन जडान भइरहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

मन्त्रालयमा हालसम्म ५ हजार ६ सय २६ जनाले आफ्नो लक्षणका बारेमा जानकारी गराएको गराएको र जसमध्ये रेड जोनमा रहेका १ सय ७ जनालाई इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखा मार्फत फ्लोअप गरिने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले गलत सूचनाका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने भएकाले लक्षणका सम्बन्धमा सत्यतथ्य जानकारी दिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button