तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको संक्रमणः मृतकको संख्या ५४ हजार ४०० नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ हजार ४ सय नाघेको छ भने संक्रमितको संख्या १० लाख ३४ हजार नाघेको छ ।

कोरोनाको महामारीमा कारण विश्वका आधाभन्दा बढी देश लकडाउनमा रहेपनि यसको सक्रंमण अमेरिका, स्पेन, ईटली, बेलायत लगायत अन्य देशमा तीव्र रुपमा फैलिरहेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा एकैदिनमा करिब १२ शय जनाले ज्यान गुुमाएका छन् भने २४ लाख ५ हजार ५०० मानिस सक्रंमित भएका छन् ।

कोरोना भाईरसका कारण विकसित मुुलुुकहरुमा मानिसहरुको मृत्यु हुने क्रम बढिरहेसगैं विश्वको अर्थतन्त्र पनि ओरालो लाग्ने क्रम जारी छ । यससगैं युरोपमा करिब १० लाख मानिसको रोजगारी गुमेको छ भने अमेरिकामा यही दुई हप्ताभित्र १ करोड मानिस बेरोजगार बनेका छन् ।

यसैबीच, विश्व स्वास्थ्य सगंठनले मध्य पूर्वी देशहरुले कोरोना रोकथामका लागि जतिसक्दो चाँडो प्रभावकारी कदम चाल्न आह्वान गरेको छ । गत हप्ताको तुलनामा एकै हप्ताभित्र संक्रमितको सख्यां दोब्बर भएपछि सगंठनले यस्तो आह्वान गरेको हो ।

मध्यपूर्वी राष्ट्रहरुमा कोरोना संक्रमितको सख्ंया ६० हजार नाघिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button