तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा लकडाउन उल्लंघन गर्ने चार सय ६१ सवारी साधन प्रहरी कारवाहीमा

तनहुँ । तनहुँमा प्रहरीले ‘लकडाउन’को उल्लंघन गरेको भन्दै चार सय ६१ सवारीका साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले चैत ११ गतेदेखि २० गतेसम्म चार सय ६१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।

लकडाउनको १०औं दिन बिहीवार पनि पाँच वटा मोटरसाइकल र चार वटा स्कुटर गरि नौ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिनुभयो ।

तनहुँमा लकडाउन उल्लंघन न्यूनीकरण हुँदै गएको प्रहरी प्रमुख सिलवालले बताउनुभयो ।

नियन्त्रणमा रहेका सवारीका साधनलाई जरिवाना तिराएर मात्रै सवारी धनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरिक्षक पुर्ण बहादुर अधिकारी जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई सय ७७ वटा मोटरसाइकल, एक सय ४१ वटा स्कुटर नियन्त्रणमा लिइएको छ ।

यसैगरी २५ वटा ट्रक, कार र जिप १० वटा, टिप्पर पाँच र तीन वटा ट्याक्टर गरि कुल चार सय सय ६१ सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button