तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९’ बाट विश्वमा ५९ हजार २०३ को मृत्यु

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २०३ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button