तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती गाउँपालिकाले बनायो ५० लाखको कोरोना रोकथाम कोष

मेलम्ची । कोरोना भाइरस (कोभिड–१९) लाई फैलन नदिनका लागि इन्द्रावती गाउँपालिकाले ५० लाखको कोरोना रोकथाम कोष बनाएको छ । कोरोना रोकथाम कोष नामाकरण गरि गाउँपालिकाले संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।

नेपालमा कोरोना संत्रमण देखिनुअगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो ।

कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले संघीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

यो रकम कोरोना रोकथामकै लागि खर्चिनेछ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रँवती गाउँपालिकाका अध्यक्ष वंशलालले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लििाग कोषको रकम खर्च गरिने जानकारी दिनुभयो ।

इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पीपीइ, सेनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ ।
गाउँपालिकामा रहेका स्थानीयलाई पनि सामग्री वितरण भएको उनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button