तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्ध किटनाशक औषधी छर्किदै बनगाड कुपिण्डे नगरपालिका

सल्यान । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण न्युनिकरण गर्न सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा किटनाशक औषधि छर्किएको छ ।

संक्रमण फैलिन सक्ने जोखिम न्युनिकरण गर्न बन्दै नगरपालिकाका बिभिन्न वडामा किटनाशक औषधी छर्किएको हो ।

नगरपालिकाको क्षेत्रमा पाँच जिल्लाको नाका भएकाले कोरोना भाइरसको जोखिम पनि धेरै भएका कारण किटनाशक औषधी छर्किएको नगरपालिका प्रमुख गोबिन्द कुमार पुनले बताउनुभयो ।

नगरपालिकाले देवस्थल, सल्लीबजार, च्युरा, नाथेखोला, सुनौली बजार, बालुवा संग्रही, ढोर पिपल लगायतका चहलपहल बढी हुने स्थानमा क्लोरिन पाउडर छर्किएको उपमेयर मञ्जु यरीले बताउनुभयो । फोहोर र विभिन्न खाले किटाणु नियन्त्रण गर्न किटनाशक औषधीले सहयोग पुग्ने उहाँको भनाई छ ।

नगरपालिकाले स्थानीयको घर घरमै पुगेर कोरोना भाइरसबारे जनचेतना दिर्दै आइरहेको छ । अहिलेसम्म नगरपालिकाका कुनै पनि शंकास्पद विरामी फेला नपरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button