तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा पाँच महिना पुग्ने खाद्यान्न मौज्दात, अनावश्यक भण्डारण नगर्न आग्रह

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ मा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

सरकारी एवं नीजि खाद्य भण्डारमा ७७ हजार क्विन्टल मौज्दात रहेकाले लकडाउन अवधीमा खाद्यान्न अभाव नहुने भएको हो ।

प्रदेशका दश वटै जिल्लामा आवश्यकता अनुसारस्थल तथा हवाई मार्गबाट ढुवानी गर्न सकिने हुँदा लकडाउनमा खाद्यान्न अभाव नहुने कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताउनुभयो ।

उहाँले लकडाउनको अवधी भर बन्द भएपनि दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा कुनै समस्या नरहेको बताउनुभयो ।

खाद्यान्न अभाव हुने हल्लाको पछाडी लागेर दैनिक उपभोग्य वस्तुको अनावश्यक भण्डारण नगर्न समेत उपभोक्तालाई उहाँको सुझाब छ ।

यता अहिले ‘लकडाउन’का कारण खाद्यान्न अभाव हुन सक्ने आशंकामा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लामा हवाई मार्गबाट ढुवानी जारी रहेको छ ।

हुम्लामा खाद्यान्न, औषधी र अन्य उपभोग्य सामग्री जहाजबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । देशभर लकडाउन शुरु भएपछि हुम्ला जिल्लामा खाद्यन्न आपूर्ति हुन सकेको थिएन ।

गत बुधबाररदेखि हुम्लामा नियमितरुपमा खाद्यान्न ढुवानी भइरहेको छ । अहिले सुर्खेत र नेपालगञ्जबाट खाद्यान्न ढुवानी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेशमा खाद्य अभाव एवं संकट हुनेमा तत्काल कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको कम्पनीका कर्णाली प्रदेश सुर्खेत कार्यालयका प्रमुख भीमबहादुर थापाले बताउनुभयो ।

उहाँले कम्पनीसँग अहिले अढाई महिनासम्म पुग्ने ४४ हजार ७८३ क्विन्टल खाद्यान्न सञ्चित रहेकाले अभाव नहुनेमा ढुक्क रहन नागरिकलाई आग्रह गर्नुभयो ।

उता नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख दिपकप्रसाद घिमिरेले कर्णाली प्रदेशमा हवाई इन्धन र मट्टितेले बाहेकका पेट्रोलियम पदार्थको भण्डारण नभएपनि आपूर्तिमा कुनै समस्या रहेको बताउनुभयो ।

उहाँले प्रदेशमा एलपीजी ग्यासको आपूर्ति तथा वितरणमा समेत कनुै कठिनाई नरहेको बताउनुभयो । त्यस्तै कर्णालीका १० वटै जिल्लामा आवश्यकता भन्दा बढी २१ हजार क्विन्टल नून मौज्दात रहेको साल्ट टे«डिङ्ग कर्पोरेशन अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मनोजकुमार चौधारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button