तपाईँ सुन्दै हुनुहुन्छः

चौथो संक्रमित युवाकै परिवारका अर्का सदस्यलाई पनि कोरोना संक्रमण

अत्तरिया कैलाली । धनगढीमा एक संक्रमित पुरुषको परिवारका अर्का सदस्यलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका ५ का ३४ बर्षिय पुरुषको भाउजुमा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीजानकारी दिनुभयो ।

चौथो संक्रमित युवक चैत ८ गते काठमाडौँ–नेपालगञ्जहुँदै धनगढी आएका थिए ।

संक्रमित युवासँग भेट भएको झण्डैै दुई सातापछि भाउजुमा पनि संक्रमण पुष्टि भएको हो ।

घरका सदस्यहरुलाई मात्रै निगरानीमा राखिएको अवस्थामा अब पुरै गाउँलाई निगरानीमा राख्नुपर्ने अवस्था आएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्थानीयममै संक्रमण देखिएपछि जोखिमथप बढेको र सचेत हुपर्ने अवस्था आएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीलले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म एक सय ६४ जनाको नमुना संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको प्रदेश जनस्वास्थ प्रयोगशालाका नमित्त प्रमुख अस्मिता सापकोटाले जानकारी दिनुभयो ।

चौथो संक्रमित युवाका भाउजुसँगै आइतबार एकै दिन भारतबाट कैलालीका २१ बर्षिय युवक र कञ्चनपुरका ४१ बर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button