तपाईँ सुन्दै हुनुहुन्छः

दुगड समूहद्वारा बाँकेका ४०० परिवारलाई राहत वितरण

नेपालको औद्यागिक समूह के.एल दुगड समुहले बाँके जिल्लाको कोहलपुर न. पा. वार्ड न. ७, १४ तथा १५ का ४०० परिवारलाई १५ केजी खाद्यान सहितको फेमिली प्याकको राहत वितरण गरेको छ ।

ती वडाहरुमा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई वडा कार्यालयको समान्वयमा राहत वितरण गरिएको समूहले जनाएको छ । उक्त खाद्य समाग्री वितरणमा सम्बन्धित वडाका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस् भनेर दैनिक ज्यालादारी गरी जीबन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई वडा कार्यालयको समन्वयमा खाद्य समाग्री बितरण गरिएको के. एल. दुगड समुहका प्रदिप छाजेडले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button