तपाईँ सुन्दै हुनुहुन्छः

‘हाल बैंकिङ क्षेत्रमा ९० अर्ब भन्दा बढीको तरलता’

कोरोना भाइरसको संक्रमण बढेसंगै नेपाल सरकारले गरेको लकडाउन पछि मुलुकमा लगानी योग्य रकम अर्थात तरलता प्रर्याप्त भएको छ ।

हाल बैंकिङ क्षेत्रमा ९० अर्ब भन्दा बढीको तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाको संकट संगै बैंकहरुमा कर्जाको माग कम भएको र नेपाल राष्ट्र बैंकले हालै अनिवार्य नगद मौज्दात सिआरआर १ प्रतिशतले घटाउने व्यवस्था गरेकोले हाल बैंकहरुमा प्रर्याप्त तरलताको अवस्थाको निर्माण भएको हो ।

बजारमा तरलताको प्रर्याप्तता भएकोले लगानी योग्य रकमको अभाव नभएको बैंकर्सहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणकर भट्टले हाल बजारमा तरलता प्रर्याप्त भएकोले कोरोनाको संकट सकिए पछि त्यसले बजारलाई थप सहज बनाउन मद्धत गर्ने बताउनु भयो ।

उहाँले राष्ट्र बैंकले सिआरआर घटाए पछि मात्र पनि बजारमा तरलता ३५ अर्बले बढेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button