तपाईँ सुन्दै हुनुहुन्छः

रोकथाम र उपचार प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कैलाली । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र उपचार थप प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारीकारीलाई निर्देशन दिनु भएको छ ।

आज मात्रै सुदुरपश्चिममा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै मुख्यमन्त्री भट्टले उपचार तथा रोकथाम कार्यमा तिब्रता दिन निर्देशन दिनु भएको हो ।

मुख्यमन्त्री भट्टले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै उपाय अवलम्बन गरेर काम गरिरहेको बताउनु भयो ।

उहाँले संक्रमणबाट बच्न सरकारद्धारा जारी लकडाउनको पालना गर्नु एक मात्र उपचाय भएकाले विदेशबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button