तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँसको अभाव छैनः नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव नभएको जनाएको छ ।

साविकको नेशनल टे«डिङ लिमिटेडको टेकुस्थित कार्यालयमा नेपाल आयल निगमको समन्वयमा विभिन्न १८ कम्पनीको ग्यास बिक्री गरिएकाले आवश्यक पर्ने उपभोक्ताले त्यहाँ पुगेर सहजै आधा सिलिण्डर ग्यास प्राप्त गर्न सक्ने निगमले जनाएको छ ।

आयल निगमले अधिकांश ग्यास कम्पनीका ग्यास सिलिण्डर एकै स्थानमा भेला गरेर हरेक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म बिक्री गरिएको जनाएको छ ।

निगमले विशेष गरी सुत्केरी, क्वारेन्टाइनमा बसेका, अति अशक्त, फरक क्षमता भएका, अस्पतालमा उपचार गरिरहेका, वृद्धवृद्धा, जान सक्ने अवस्था नभएका नागरिकलाई घरमै ग्यास पुर्यादिएको जनाएको छ ।

ग्यास आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button