तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मीलाई राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् ।

काठमाडौँ शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिनुभयो ।

उहाँले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्न समेत माग गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button