तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गममा हवाई यातायातमार्फत खाद्यान्न पठाउँदै कर्णाली सरकार

रासस । हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न पठाउन शुरु गरेको छ ।

कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा चल्ने निजी विमानबाट सरकारले खाद्य ढुवानी गर्न लागेको हो ।

हुम्लाका साथै डोल्पामा खाद्यान्न निर्यातको एक मात्र विकल्प हवाई सेवा नै भएकाले आकाश मार्गबाट खाद्य पठाइएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं आपूर्ति समितिका संयोजक नन्दसिंह बुढाले जानकारी दिनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले हुम्लाको खाद्य अभाव पूर्ति गर्न हाल २ सय र मुगुमा १ सय क्विन्टल चामल पठाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button