तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको भरतपुर प्रयोगशालामा परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ

चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा हिजो (सोमबार) परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज विहान आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ रहेको जानकारी दिनुभयो ।

हिजो भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट १६ जना, क्वारेनटाइनबाट एक जना र समुदायबाट चार जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइको थियो ।

आजदेखि सबै नमुना कोरोना अस्पतालबाटै संकलन गरिने उपसमितिका संयोजक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button