तपाईँ सुन्दै हुनुहुन्छः

फलेवास नगरपालिकामा एक गाउँबाट अर्को गाउँमा जान रोक

पर्वत । कोरोना भाइरस(कोभिड–१९)को संक्रमण फैलिन नदिन पर्वतमा एक गाउँबाट अर्को गाउँमा जानबाट रोक लर्गाएको छ ।

जिल्लाको फलेबास नगरपालिकाले एक गाउँबाट अर्को गाउँमा कसैलाई पनि आवतजावत गर्नमा पनि रोक लगाइएको छ ।

नगरपालिकाले तेस्रो चरणको लकडाउनलाई अझै कडा बनाउनका लागि नगर कार्यपालिकाको सोमबार बसेको बैठकले एक गाउँबाट अर्को गाउँमा जान समेत रोक लगाएको हो ।

संक्रमणको जोखिम उच्च रहेको अवस्थामा नागरिकलाई आफ्नै घरमा बस्न र हिडडुल नगर्न आग्रह गर्दै बिरामी र अत्यावश्यक काम बाहेक एक अर्को वडामा पनि आवतजावत गर्न रोक लगाइएको बैठकपछि नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।

फलेबासले अर्को जिल्ला र पालिकाबाट आएका नागरिकलाई समेत क्वारेन्टाइनमा राख्दै आएको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन नगरपालिका भित्र रहेको देबिस्थान, कार्किनेटा, भंगारा र खानीगाउँ प्रहरी चौकीलाई प्रोत्साहन स्वरुप एक लाख ४० हजार र धुलिखेल अस्पताललाई ३० हजार रुपैया दिने निर्णय समेत गरेको छ ।

फलेबासले राहत वितरणका लागि मापदण्ड र मुल्य सुची समेत पारित गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button