तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आजदेखि र्यापिड टेष्ट शुरु गर्ने तयारी

धनगढी । कोरोना भाइरस (कोभिड–१९)का चार जना संक्रमित देखिएको सुदूरपश्चिम प्रदेशको कैलाली रकञ्चनपुर जिल्लामा आजदेखि कोराना भाइरस (कोभिड–१९) को ¥यापिड टेष्ट(द्रुत जाँच) शुरु गर्ने तयारी गरिएको छ ।

काठमाडाँैबाट छ सदस्यीय प्राविधिक टोली धनगढीमा आइपुगेसँगै कैलाली र कञ्चनपुरमा र्यापिड टेष्ट शुरु गर्ने तयारी गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ¥यापिड टेष्ट शुरु गर्ने सम्बन्धमा प्राविधिक टोलीसँग छलफल गरी आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा कैलालीको गोदावरी नगरपालिका, लम्किचुहा नगरपालिका तथा कञ्चनपुरको भिमदत्त नगरपालिका, शुक्लाफाटा नगरपालिकामा यापिड टेष्ट गर्ने तयारी गरिएको बताउनुभयो ।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङ्गमा ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्ने र त्यस क्रममा पोजेटिभ देखिएका सबैलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गरी उपचारको यवस्थापन गर्ने निर्णय गरेपछि छ सदस्यीय प्राविधिक टोली धनगढी आइपुगेर काम थालेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button