तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना परिक्षणका लार्गि हेलिकप्टरमार्फत चिकित्सकको टोली अछाम आउँदै

अछाम । अछाममा दुई सय जना बढीलाई आज कोरोना परिक्षण गरिने भएको छ । त्यसका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत चिकित्सकको टोली अछाम जिल्लामा आउदैछ ।

मंगलसेन, कमलबजार र बयलपाटामा गरी तीन स्थानमा कोरोना परिक्षण सेन्टर स्थापना गरिने छ ।

जसमा जिल्लाका प्रत्येक स्थानीय तहका १०÷१० जना र क्वारेन्टाइनमा रहेका सबै तथा जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ बयलपाटामा उपचार गराइरहेका शंकास्पद बिरामीलाई समेत कोरोना भए नभएको परिक्षण गरिने अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी जानकारी दिनुभयो ।

कमलबजार र बयलपाटामा स्थापना गरिने चेकजाँच केन्द्रमा सम्बन्धित क्षेत्र अन्तर्गतका स्थानीय तहबाट आएकाहरुको स्वास्थ्य परिक्षण गरिने छ भने मंगलसैनमा जिल्ला अस्पताल र कृषि ज्ञान केन्द्रको भवनमा रहेका क्वारेन्टाइनबाट चेकजाँच गरिने छ ।

मंगलसेनको कृषि ज्ञान केन्द्रको भवनमा ५३ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

कोरोनाको संक्रमण भए नभएको अवस्था पत्ता लगाउन दुई सय जनाको स्वास्थ्य परिक्षण गरिने भएकाले सबै स्थानीय तहहरुमा पनि त्यही बमोजिम समन्वय भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना परिक्षणका क्रममा भिडभाड हुन नदिन दूरी व्यवस्थापन गर्ने तथा कर्मचारी, पत्रकार र अन्य आवश्यक क्षेत्रका व्यक्तिलाई समेत सीमित मात्रामा दुरी कायम गरेर मात्र प्रवेश गराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button