तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको गौरीफन्टा नाकाबाट आएका सल्यानका दुई जना क्वारेनटाइनमा

सल्यान । कैलालीका कोरोना संक्रममित व्यक्तिसँग आएका सल्यानका दुई जनालाई क्वारेनटाइनमा राखिएको छ । कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका सल्यानका दुई जनालाई सल्यान जिल्ला अस्पतालको क्वारेनटाइनमा राखिएको हो ।

जिल्लाको बागचौर नगरपालिका का २१ बर्षिय युवा र दार्मा गाउँपालिकाका एक युवालार्य क्वारेनटाइनमा राखिएको हो ।

बागचौर नगरपालिकाका युवाका आमाबुवालाई समेत क्वारेनटाइनमा राखिएको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

क्वारेनटाइनमा राखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. अर्जुन बुढाले बताउनुभयो ।

कैलालीबाट आएका व्यक्ति छानविन गर्ने क्रममा भेटिएका दुवै जनालाई सोमबार बेलुका नै क्वारनेटाइनमा राखिएको थियो ।

चार जनाको स्वाब परीक्षण गरिदै
यस्तै भारतबाट आएका चार जनाको आज स्वाब परीक्षण गरिदैछ ।

जिल्लाका अस्पतालमा रहेका दुई जना, शारदा नगरपालिकाको त्रिभुवन जन माध्यमिक विद्यालयका बसिरहेका एक जना र त्रिवेणी गाउँपालिकामा एक जनाको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ ।

स्वाब परीक्षणका लागि सुर्खेतबाट टोली आउदै गरेको डा. बुढाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button