तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाबाट तीन सय २४ जनाको ‘स्वाब’ परिक्षणका लागि पठाइयो

जुम्ला । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन सय २४ जनाको कोरोना परीक्षणका लागि (स्वाब) संकलन गरी हेलिकप्टरमा काठमाडाँै पठाइएको छ ।

चैत ११ गते यता भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिएका तीन सय २४ जनाको गुम्ती शिविर मार्फत ‘स्वाब’ संकलन गरी कोरोना परिक्षणका लागि पठाइएको हो ।

मंगलबार जुम्ला विमानस्थल, सिंजा कनकासुन्दरीको लासीपाटन र हिमा गाउँपालिकाको देवारगाउँमा घुम्तीविशिर मार्फत ‘स्वाब’ संकलन गरी पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाजेडेले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्कसक र काठमाडाँैदेखि आएका हेलिमार्फत डाक्टरले तीनै ठाउँमा पुगी ‘स्वाब’ संकलन गरेको हुुन् ।

दुई सय ५३ जनाको स्वाब संकलन गर्ने भनिए पनि पछि गरी एक सय जना बढीको पनि संकलन गरी पठाइएको छ ।

चन्दननाथ नगरपालिका, तिला तातोपानी, पातारासी र गुठिचौर गाउँपालिकाको गरी जुम्ला विमानस्थलबाट एक सय ५० जना हिमाबाट देवागाउँबाट एक सय २४ कनकासुन्दरीबाट ५० जनाको गरी जम्मा तीन सय २४ जनाका स्वाब संकलन गरी नेपाली सेनाको स्काईटर ०६३ जहाजबाट परिक्षणका लागि काठ्माडाँै पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो ।

भारतबाट आउनेहरुबाटै कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणकोे जोखिममा छ । डा.रावलले भन्नुभयो, सरकारसँग समन्वय गरी जुम्ला भित्रिएका तीन सय २४ जनाकै ‘स्वाब’ संकलन गर्ने व्यवस्था गरेका हौ ।

संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली आएर ‘स्वाब’ संकलन गरी लिएको हो ।

भारत आउनेहरुबाट कर्णालीमा जोखिम भएकाले संघिय सरकारले चासो देखाएर सबैको कोरोना परिक्षणका लागि केन्द्रबाटै हेलिकोप्टरमा घुम्ती मेडिकल टोली पठाएको हो ।

भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकै कारण जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखिएको समेत डिएसपी लाल बहादुर बताउनुभयो

कोरोना परिक्षणका लागि ‘स्वाब’ पठाइएका सबैको रिर्पोटमा एक हप्ताभित्र आउने छ । नजिता अनुसार जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको तयारीलाई अघि बढाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button