तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रोकथाम उच्चस्तरीय विज्ञ समूहद्वारा स्थलगत निरिक्षण

बिरगंज । बीरगंजमा कोरोना विशेष अस्पताल निर्माणका लागि प्रदेश नम्बर २ सरकारबाट खटिएको कोरोना रोकथाम उच्चस्तरीय चिकित्सक सल्लाहकार विज्ञ समूहले सम्भावित क्षेत्रको स्थलगत निरिक्षण गरेको छ ।

टोलीले बीरगंजमा कोरोना विशेष अस्पताल निर्माणका लागि वीरगंज हेल्थ केयर, नेशनल ट्रेडिङ्ग, कृषि ज्ञान केन्द्रको भवन प्रयोग गर्ने सम्बन्धमा स्थलगत अवलोकन गरेको प्रदेश २ का मुख्यमन्त्रीका स्वीकिय सचिव दिपक यादवले जानकारी दिनुभयो ।

टोलीले कोरोना संक्रमण फैलिएमा त्यसको रोकथामका लागि खटिने जनशक्तिको सेवा सुविधा र उपकरण तथा प्रविधिका बारेमा वीरगंजका चिकित्सकहरुसँग समितिले छलफल गरेको यादवले बताउनुभयो ।

यसैगरी विज्ञ टोलीले वीरगंजको नारायणी अस्पतालमा पिपिई ४० थान, एन ९५मास्क ४० थान र सेनेटाईजर एक सय ५० थान आज एक कार्यक्रमका बीच अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायलाई हस्तान्तरण गरेको छ ।

उच्चस्तरीय चिकित्सक सल्लाहकार विज्ञ समूहको टोलीमा पूर्वस्वास्थ्य राज्यमन्त्रीडा.सुरेन्द्र यादव, डा.विजय सिंह, डा.राम केवल साह, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, प्रदेश प्रदेश सभा सदस्य सिंहासन साह कलवार, जन्नत अन्सारी, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, सुन्दर कुर्मी, ईश्वर यादव, शेख समिर सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button