तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस : नीतिगत व्यवस्थाका लागि कार्यविधि निर्माण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचार पद्धतिलाई व्यवस्थित ढंगले अगाडी बढाउन आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि कार्यविधि निर्माण गरेको जनाएको छ ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले व्यक्तिगत सुरक्षा उपकरण(पिपिइ), संक्रमण रोकथाम तथा नियन्त्रण, कोरोना उपचार, संक्रमितको निधन भए शव व्यवस्थापन लगायत कार्यका लागि आवश्यक कार्यविधि बनाईएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले कोरोना संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएकाहरु सबैमा कन्ट्याक्ट ट्रेसिङको काम सकिएको जानकारी दिनुुभयो ।

प्रवक्ता डा. देवकोटाले हालसम्म २३ सय ६६ वटा नमुना परिक्षण भएको जानकारी दिनुभयो ।

उहाँले कोरोना संक्रमित बिरामी पत्ता लगाउन सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमूना संकलनको दायरा बढाएको जानकारी दिनुुभयो ।

छिटो विधिबाट नमुना परिक्षण गर्ने लक्ष्यका साथ कैलाली र कञ्चनपुरमा उपकरण सहित खटिएको टोलीले हालसम्म १ सय ९८ वटा स्वाबको नमुना संकलन गरेको,अछाम,जुम्ला र सुर्खेतमा ८ सय २ वटा स्बाव संकलन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रायले काठमाडौं उपत्यकामा १२ जना र उपत्यका बाहिर एक सय २२ जना जना गरी कूल एक सय ३४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाएको छ ।

हाल देशभर आठ हजार पाँच सय ८० जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ताद्धारा जानकारी दिइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button