तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारलाई प्रेस ज्याकेट सहयोग

मेलम्ची । जिल्ला समन्वय समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।

लकडाउनको समयमा सञ्चारकर्मीहरुलाई समाचार सम्प्रेषण गर्न सहयोग पुगोस् भनेर ५० थान प्रेस ज्याकेट सहयोग गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो ।

समाचार सम्प्रेषण गर्न लकडाउनका समयमा समस्या भएपछि सहयोगका लागि महासंघले समन्वय समितिलाई आग्रह गरेको थियो । सो अनुरुप समन्वय समितिले सहयोग गरेको महासंघका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

साथै समन्वय समितिले जिल्लामा क्रियाशील २५ पत्रकारहरुलाई खाद्यान्न समेत सहयोग गर्ने भएको छ ।

चामललगायत खाद्यान्न सामाग्री सहयोग गर्ने समन्वय समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button