तपाईँ सुन्दै हुनुहुन्छः

दुग्ध सहकारीद्वारा किसानलाई माक्स वितरण तथा सचेतना कार्यक्रम

चितवन । पर्वी चितवनको कालिका ६, खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थाले आफ्ना किसानलाई निःशुल्क माक्स वितरण गरेको छ ।

सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंको समन्वयमा आज भएको सो कार्यक्रममा सस्थाका उपाध्यक्ष रामचन्द्र सापकोटा, पुर्व अध्यक्ष नारायणदत्त कंडेलको उपस्थिति रहेको थियो ।

सस्थाले तीन सयभन्दा बढी सदस्य किसानहरुलाई माक्स वितरण गरेको हो ।

साथै सस्थामा दुध भर्न आएका किसानहरुलाई सामाजिक दुरि कायम गराउदै दुध भराएको सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंले बताउनुभयो ।

साथै सस्थामा आउने सबै किसानलाई कोरोना भाइरसबाट बच्न सधै माक्स लगाउन र पटक पटक साबुन पानीले हात धुन पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button