तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाका पुनः सञ्चालनमा

मेलम्ची । माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख तातोपानी नाका पुनः सञ्चालनमा ल्याइएको छ । ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट तातोपानी नाका खोलिएको हो ।

नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका अत्यावश्यक सामग्री ल्याउन लागि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको हो ।

वुहान शहरबाट कोभिड–१९ फैलिन शुरू भएपछि तीन महिना चीनले सबै अन्तराष्ट्रिय नाका बन्द गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button