तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएका चन्द्रनगरका ५१ जना स्थानीय क्वारेन्टाइनमा

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतको उत्तर प्रदेशको कानपुरबाट आएका ५१ जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ ।

सर्लाहीका लागि हिँडेका एक सय ८४ जना मध्ये ५९ जना सर्लाही आइपुगेका छन् । उनीहरु सुरक्षाकर्मीको आँखा छलेरे चन्द्रनगर गाउँपालिकामा आएपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिनुभयो ।

रातीको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

शनिवार सम्ममा आएका ५९ जना मध्ये पाँच जना ईश्वरपुर नगरपालिका, दुई जना चक्रघट्टा गाउँपालिका र एकजना हरिपुर नगरपालिकाका स्थानीयहरु भएकोले उनिहरुलाई सम्बन्धित पालिकाहरुमा नै पठाइएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साहले जानकारी दिनुभयो ।

बाँकी सबैको स्वास्थ्य परीक्षण पश्चात वडा ६ स्थित मरिचमान सिंह जन्ता माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखि नियमित स्वास्थ्य परिक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।

अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन् । नेपाल–भारत दुबै देशमा लकडाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिस कसरी आए? त्यति धेरै संख्यामा कसरी प्रवेश गरे आफूलाई अच्चम लागेको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।

भारतबाट आउनेलाई रोक्नका लागि सीमामा निकै कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँले ठाउँ–ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइए पनि खुल्ला सीमा भएकाले रातीको समयमा खेत र आलीको बाटो प्रयोग गरी उनीहरू जिल्लामा प्रवेश गरेको बताउनुभयो ।

पूर्वको संग्रामपुरदेखि पश्चिमको बलरासम्म ५१ किलोमिटर सर्लाहीको सीमा पर्छ । जुन खुल्ला छ । भारतमै रोक्नका लागि पनि निकै प्रयास गरेका छौं । तर पनि कसरी छिर्यो अच्चम लाग्छ । चौबिसै घण्टा प्रहरीको निगरानी हुँदा पनि प्रवेश गर्न सफल भएका छन् ।’ अहिलेसम्म सर्लाहीको मात्रै एक सय २३ जना बिहारको विभिन्न क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसिले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button