तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित व्यक्ति फेला परेको ठाउँमा लकडाउन कडा बनाउन मुख्यमन्त्रीको निर्देशन

फाइल तस्बिर

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतबाट आइ बीरगञ्जमा बसेका ३ जनामा कोरोना संक्रमण देखिएको विषयप्रति प्रदेश सरकार गम्भिर रहेको बताउनु भएको छ ।

आज जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै मुख्यमन्त्री राउतले कोरोनाको संक्रमित व्यक्ति फेला परेको ठाउँमा लकडाउनलाई अझै कडाइका साथ कार्यान्वयन गर्न सम्वद्धहरुलाई निर्देशन दिइएको बताउनुभयो । मुख्यमन्त्री राउतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश नेतृत्वले लकडाउन थप प्रभावकारी बनाउन काम शुरु गरिसकेको जानाकरी दिनुभयो ।

उहाँले भारतबाट आएका जमातीहरु केही समय अगाडी नै आएकाले त्यस्ता व्यक्ति अरु पनि छन कि भनेर खोज्ने काम र अवस्था नियन्त्रणमा लिनेबारे आजैमात्र गृहमन्त्री रामबहादुर थापासँग छलफल भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश नं २ को आठै जिल्लाका सबै सीमा नाकामा निकै कडाई गरिएकाले नेपालबाट भारतमा र भारतबाट नेपालमा कोही पनि आउने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button